छवि ओझाविरुद्ध शिल्पा पोखरेलले प्रहरीमा,घरेलु हिंसा गरेको उजुरी

विवाह गरेको तीन बर्ष नबित्दै निर्माता छवि ओझा र शिल्पा पोखरेलबीचको सम्बन्धमा दरार आएको छ । निमार्ता छवि ओझाले घरेलु हिंसा गरेको आरोपमा नायिका शिल्पा पोखरेल प्रहरी परिसरमा पुगेकी हुन् ।शिल्पाले गत आइतबार श्रीमान छवि ओझाबाट आफू असुरक्षित रहेको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ज गराएकी हुन् । शिल्पाले दिएको उजुरीको आधारमा प्रहरी परिसरले छलफलका लागि दुबै पक्षलाई आज अपरान्ह प्रहरी परिसरमा डाकिएको प्रहरीले जनाएको छ ।निर्माता छवि ओझाले शिल्पालाई कुटपिट गरेको आरोप लगाउँदै उनी छविको साथ छाडेर आफन्तको घरमा बस्दै आएकी छिन् ।

रेखा थापासँग सम्बन्ध टुटे पछि छवि ओझाले चौथो श्रीमतीका रुपमा शिल्पा पोखरेललाई भित्राएका थिए । तर उनीसँगको सम्बन्धमा पनि दरार आएको बताइन्छ । उनीहरू निकट श्रोतका अनुसार विगत केहि समययता दुबैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ। तर श्रोतका अनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्।

LEAVE A REPLY