पानीमा कोलिफर्म भेटियो , ३०० जर्ना पखालाले पिडित

Sharing is caring!

जाजरकोट सदरमुकामस्थित खलंगावासीले प्रयोग गर्ने खानेपानीको नमूना परीक्षण गर्दा पिउने पानी पिउनयोग्य नरहेको तथ्य फेला परेको छ।

जिल्ला अस्पताल जाजरकोटले सदरमुकामका तीनओटा मुहानबाट लिइएको पानीको नमूना परीक्षण गर्दा सबैभन्दा धेरै बुदबुदी खानेपानीको मुहानमा १४०, रानागाँउको खानेपानीमा २८ र जिल्ला प्रहरी कार्यालयको खानेपानीमा २६ ईकोली (कोलिफर्म) देखिएको छ। कोलिफर्मको मात्रा जति धेरै भयो, पानी त्यति धेरै प्रदूषित हुने जिल्ला अस्पतालका डा. केशर कार्कीले बताए।

उनका अनुसार कोलिफर्मको मात्रा बढी हुनु भनेको पानीमा दिसाका जीवाणु समेत हुनु हो। पानीमा दिसाका जीवाणुयुक्त पानी पिउँदा झाडापखाला, टाइफाइड लगायत रोगको संक्रमण हुने गर्दछ।

यही पानीको प्रयोगले ३०० जना पखालाका बिरामीको उपचार भएको डा. कार्कीले बताए।

Sharing is caring!

Loading...

LEAVE A REPLY