प्रदेश १ मा विषादी परीक्षण

Sharing is caring!

पर्याप्त पूर्वाधार र उपकरणको अभाव रहेको कारण देखाउँदै संघीय सरकारले भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण कार्यलाई तत्कालका लागि रोक लगाएको छ । त्यसयता भारतीय बाटो हुँदै नेपाल प्रवेश गर्ने तरकारी तथा फलफूल बोकेका गाडी निर्वाध रुपमा भित्रिरहेका छन् । यद्यपी सरकारको यो कदमलाई लिएर चौतर्फि विरोध भइरहेको छ ।

यता, प्रदेश–१ सरकारले भने सोमवारदेखि विराटनगरको रानीमा फलफूल तथा तरकारीको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । प्रदेश १ सरकारले प्रदेश केन्द्रमा नै प्रयोगशाला स्थापना गरेर नाका र बजारमा आयातीत कृषिजन्य बस्तुको परीक्षण सुरु गरेको छ । सोमबारबाट विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको हो । केन्द्रीय कृषि प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा कार्यरक्त प्राविधिकलाई तरकारी र फलफुलमा पाइने विषादी परीक्षण बारेमा जानकारी तथा प्रशिक्षण दिइ सकिएको बताए ।

किसानले उत्पादन गरेको वा कतैबाट आयात गरिएको तरकारी लगायत खाद्यवस्तु खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन गर्ने काम सुरु भएको जानकारी दिए । प्रयोगशाला करिब २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY