बढ्दो चोरी बढेपछ रुद्राक्षको बोटमा सिसी क्यामेरा

Sharing is caring!

रुद्राक्षको बढ्दो चोरी बढेपछी संखुवासभामा पछिल्लो समय बोटबाटै सिसी क्यामरा जडान गर्न सुरु गरेका छन् ।

जिल्लाको सिलिचोङ गाउँपालिका ५ याफुको किसान डम्बरबहादुर राईले आफ्ना रुद्राक्ष बगानमा ८० हजार खर्चेर सिसी क्यामरा जडान गरेका छन् । रुद्राक्ष चोरी र राम्रा बोटमा बिषादी हालेर मार्ने प्रवृत्ति बढेको भन्दै आफूले आकर्षक तलब दिएर रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा नै जडान गरेको राईको भनाइ छ ।

उनले २६ बोट रुद्राक्ष भएको बगानमा यस वर्ष तीन जना कुरुवासँगै सिसी क्यामरा जडान गरेको र कुरुवाले अब रुद्राक्ष र सिसी क्यामरा दुवैको सुरक्षा दिने भएकाले चोरीको सम्भावना न्यून भएको बताए ।

Sharing is caring!

Loading...

LEAVE A REPLY