“ मुक्तिनाथ विकास बैंकको ६ शाखा एकै साथ”

Sharing is caring!

आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाकोबाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको छ ।

टोखा शाखाको समुद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए । कीर्तिपुर शाखाको समुद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । त्यसैगरी, बाडेगाउँ शाखाको समुद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । इमाडोलशाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकश्री भुवन कडेलले गरे । गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले गरे । साथै, तम्घास शाखाको समुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेका थिए । समुद्घाटन कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले गरे ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY