प्रधानमन्त्री रोजगार कार्यक्रम ः झारपात गोडमेलमै सकियो करोडौं

Sharing is caring!

योजनाबिनै कार्यान्वयनमा जाँदा प्रधानमन्त्री रोजगार कार्यक्रमको करोडौं रकम फजुलमा खर्च भएको छ। नम्बर ५ प्रदेशका अधिकांश स्थानीय तहले झार गोडमेलमै करोडौं सकेका छन्।

अन्नपूर्ण लेख्छ- प्रदेश ५ का १ सय ९ तहमा करिब आधा अर्ब रकम फजुलमै खर्च भएको हो। स्थानीय तहमा भएका कुनै पनि कार्यक्रम दीर्घकालिन प्रभावका छैनन्। हतारमा कार्यक्रम कार्यान्वयन हुँदा प्रभावकारी योजना बनाउन नसकिएको रोजगार अधिकृतहरु बताउँछन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० लाख खर्च गरिसक्दैछ। यो रकम सडक किनारको झार उखेल्न, विद्यालयका बगैचा, सडक सफाइमा खर्चिएको छ। तिलोत्तमा नगरमा यो कार्यक्रमअघि पनि सरसफाई अभियान चलेको थियो। त्यही कामलाई नगरपालिकाले आधा करोड खर्चिएको छ।

नगरमा सञ्चालित आयोजनाको काम सकिसकेको थियो, बजेट सक्नैपर्ने भएकाले सरसफाई र गोडमेलमा रोजगारी दिनुपरेको हो, तिलोत्तमा नगरपालिकाका रोजगार अधिकृत देवेन्द्र ज्ञवालीले भने।

तिलोत्तमामा दुई सय २७ जनाले रोजगारी पाएका थिए।तीमध्ये अधिकांश महिला छन्। महिलाले बुटवल बेलहिया सडकको छेउमा उम्रिएका झार उखेलेर दिन बिताए। प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा पालिकामा सञ्चालनमा रहेका योजना कार्यान्वयनमा मजदुर खटाउन सकिने उल्लेख छ। ती योजना नभए सरसफाइ, वृक्षारोपण, मर्मतलगायतका काम गर्न सकिने प्रावधान छ। तर पालिकाले फजुल काममा बढी रकम खर्च गरेका छन्।

प्युठानको प्युठान नगरपालिकाको कार्यालय अगाडीको बगैचामा झार उखेलेर २० जना मजदुरले तलब पकाए। गरपालिकाले ५५ लाख बजेटमा नगरसफाई, वृक्षारोपण, खेलकुद मैदान सफाइको काम गरायो।नगरबाट भएका काममध्ये नाली निर्माण, स्वास्थ्यचौकी मर्मत र अस्पताल जाने बाटो निर्माणमात्रै दीर्घकालीन महत्वका काम गर्‍यो। नगरपालिकाका रोजगार संयोजक माधव गिरीका अनुसार ४४ लाख ज्यालामा खर्च भएको छ।

प्युठानकै गौमुखी गाउँपालिकाले यस्तै फजुल काममा ३६ लाख रुपैया खर्च गरिरहेको छ। हतारमा कार्यक्रम आएकाले कार्यसम्पादनमा समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए।

गौमुखीले ९ दिनमै ३६ लाख सकेको हो। छिटो बजेट सक्नकै लागि ६ सय जनालाई रोजगारी दिइएको थियो। प्युठानका नौ स्थानीय तहमा २ हजार ५ सय बढीले रोजगारी पाएका छन्। यसमध्ये ७० प्रतिशत महिला कामदार छन्।

Sharing is caring!

Loading...

LEAVE A REPLY