पत्रकारहरुसँग किन आक्रोशित बनिन् अभिनेत्री कंगना ?

Sharing is caring!

पछिल्लो समय अभिनेत्री कंगना रनौत आफ्नो फिल्म ‘जजमेन्टल है क्या’को प्रोमोशनमा ब्यस्त छन् । यसका साथै उनी आफू र आफ्नो बहिनीको विवादका कारण पनि लगातार चर्चामा छन् । त्यसोत, आइतबार साँझ कंगना आफ्नो आगामी फिल्मको गीत सार्वजनिक कार्यक्रममा पुगेकी थिइन्, जहाँ उनले हंगामा मच्चाएकी छन् ।

उनले एक पत्रकारलाई तथानाम भनिन् । ती पत्रकारले कंगनाको फिल्म मणिकर्णिकाबारे नकारात्मक टिप्पणी गरेको आरोप लगाइन् । यद्यपि, पत्रकारले कंगनाको आरोपलाई अस्विकार गरिरहे तर नायिकाले उनको कुरा सुनेको नसुन्यै गरिन् ।

आजकाल कंगना रनौत आफ्नो रिलिजको तयारीमा भएको फिल्म ‘जजमेन्टल हे क्या’ का लागि चर्चामा छिन् । अहिलेसम्म फिल्मको विषयमा खासै विवाद भएको छैन, सायद यसकारण आफ्नो फिल्मको गीतको लञ्चमा पुगेकी कंगनाले पत्रकार सम्मेलनको क्रममा एक पत्रकारसँग ठूलै झगडा गरेकी छिन् ।

ती पत्रकारले उनको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ विरुद्ध दुर्भावनाबाट ग्रस्त भएर धेरैकुरा लेखेका छन्, साथै उनीबारे टेढा कुरा ट्वीट गरेको पनि कंगनाको आरोप छ ।

पत्रकारले उनको आरोप खण्डन गर्दै आफूले कहिले पनि उनीविरुद्ध नलेखेको स्पष्टिकरण दिए ।

उनीहरुको झगडाले यति ठूलो रुप लियो कि उनीहरुलाई बीचमा अरु कसैले नै हस्तक्षेप गर्नुपर्यो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY