गोल्डन गेट कलेजका मालिकलाई राखेपको सदष्य सचिव बनाउने तयारी

Sharing is caring!

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गर्ने तयारी भइरहेको छ । सिलवाल गोल्डन गेट कलेजका मालिक हुन । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त निकट पात्रका रुपमा चिनिन्छन् । यस अगाडि त्रिविविको उपकुलपति बन्ने दौडमा रहेका उनी उपकुलपति बन्न नसक्ने भएपछि खेलकुद परिषद्को सदस्य सचिव बन्न लागेका हुन् । सिलवालकै गोल्डन गेट कलेजबाट केही बर्ष अगाडि एमबिबिएसको छात्रवृत्तिका लागि लिइने प्रवेश परीक्षाको प्रश्नपत्र बेचिएको समेत भेटिएको थियो । सोही आरोपमा अख्तियारले देवीप्रसाद पाण्डे र खेचरनाथ सापकोटालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने दुवै जना गोल्डेन गेट कलेजका अध्यापक हुन् । उनीहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँ लिएर प्रश्नपत्र बेचेका थिए ।गत ९ असारमा निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि राखेप सदष्य सचिव बिहिन अबस्थामा रहेको थियो । युवा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार मन्त्री जगत बहादुर सुनार विश्वकर्माले उनलाई ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्ने तयारी गरेका छन् ।सदष्य सचिवका आकांक्षीहरुमा नेकपा निकटकै खेलकुद सम्बन्धी जनवर्गीय संगठनले सह संयोजक शिव कोइराला ज्वालाको नाम चर्चामा थियो । यस्तै निवर्तमान सदस्य सचिव केशवबहादुर विष्ट पनि दोहरिन शक्तिकेन्द्रहरुकहाँ धौडधुपमा थिए ।

Sharing is caring!

LEAVE A REPLY