ओली सरकारको “व्याक गियर” :- एक कदम अगाडि , दुई कदम पछाडि

कहाँ कहाँ चुक्यो ओली सरकार ?

Sharing is caring!

स्टक होल्डरहरुसँग सर सल्लाह नगरी हच्चुवाको भरमा क्याविनेटबाट निर्णय गर्ने । कार्यन्वयनमा जानै नपाई चर्काे दबाब शुरु भएपछि सरकार एक पछाडि अर्काे निर्णयबाट व्याक हुन परेको छ । यसले सरकारको निर्णय प्रक्रियामा समेत प्रश्न उठाइदिएको छ ।
जस्तो केही अगाडि गुठी विद्येयक, सार्वजानिक यातायातको भाडा २० प्रतिशतसम्म बढाउने निर्णय जनस्तरबाट तिव्र दबाब भए पछि यस्ता निर्णयबाट सरकार पछाडि हट्नु परेको छ ।
यस्तै अहिले चर्चामा छ बिषादी परीक्षणको निर्णयबाट सरकार ब्याक भएको । यस अगाडि गत २ असार मा राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनो निर्णयबाट २० दिनमै व्याक भएपछि उस्को आलोचना शुरु भएको छ । भारतबाट नेपाल आउने तरकारीको विषादी परीक्षण शुरू गर्न थालिएको निर्णयबाट पछि हट्ने निर्णयभएसँगै सरकारको राष्ट्रवाद छर्लग भएको भन्दै प्रतिपक्षीहरुले कुरा काट्ने स्पेश पाएका छन् ।
उसो त यस अगाडि सार्वजानिक यातायातको भाडा बृद्धि गर्ने निर्णय भयो । जतिखेर प्रधानमन्त्री ओली विदेश शयरमा थिए । २० प्रतिशतसम्म सार्वजानिक यातायातको भाडा बृद्धि गर्ने निर्णय पनि ५ घण्टा टिकेन ।
यस्तै गुठी विद्येयकका कारण सरकार आलोचित रह्यो । सरकारको नियत सही थियो भने यस्ता विद्येयक ल्याउदा स्टक होल्डरहरुसँग सर सल्लाह गर्दथ्यो । तर यो विद्येयक एक त संष्कृति मन्त्रालयबाट आउनुपर्नेथ्यो विद्येयक राष्ट्रियसभामा पुग्यो भूमिसुधार मन्त्रालयबाट । यसरी चोरबाटोबाट ल्याएको विद्येयकका विरुद्धमा काठमाडौं र विशेषगरी गुठियारहरुले सडक संघर्ष चलाए पछि सरकार गल्यो र आफ्नो निर्णयबाट एक कदम पछाडि हट्यो । यता सरकारले यातायत सिण्डिेकेट खारेज गर्ने सरकारी निर्णय कार्यान्वयमा आउन सकेको छैन् । यस्तै सरकारले नेपालमा आइफा अवार्ड गर्ने जनायो । तर करोडौं खर्चेर उक्त एवार्ड अर्ने निर्णयकाृे तिव्र विरोध भएपछि सरकार हट्न बाध्य भएको छ ।

Sharing is caring!

LEAVE A REPLY