खानेपानी संस्थालाई ५ ओटा जेनेरेटर हस्तान्तरण

Sharing is caring!

एक कार्यक्रमको आयोजना गरी निजगढ नगरपालिकाले नगरका पाँच ओटा खानेपानी उपभोक्ता संस्थालाई कुल रू. ३३ लाख ८४ हजार ३५० को जेनेरेटर खरीद गरी वितरण गरेको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढ, बरमबाबा खानेपानी समिति, भरतगंज सिंगौल खानेपानी उपभोक्ता संस्था र लाल खानेपानी तथा उपभोक्ता संस्थालाई जेनेरेटर हस्तान्तरण गरिएको नगर प्रमुख सुरेशकुमार खनालले बताए ।

नगरवासीले सहज रुपमा खानेपानी उपभोग गर्न पाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी संस्थालाई जेनेरेटर बितरण गरिएको खनालले बताए ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिस्णु ढकालले संस्थाका प्रतिनिधिलाई जेनेरेटरको साँचो हस्तान्तरण गरेका थिए ।

Sharing is caring!

LEAVE A REPLY