को को छन् ७ जना भीआईपी उपत्यकाका जेलमा ?

कारागार व्यवस्थापन विभागकाअनुसार काठमाडौंका २ र ललितपुरको कारगारमा ५ जना गरी ७ जना भीआईपी कैदी रहेका छन्।

काठमाडौंको डिल्लीबजार स्थित कारागारमा ३ जना, केन्द्रीय कारागार सुन्धारामा ३ जना र नख्खु कारागारमा एक जना भीआईपी रहेका रहेका छन्। डिल्ली बजार कारागारमा नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरी, सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला रहेका छन्। चन्द भ्रष्टाचार र खनाल कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका हुन्। प्रतिनिधिसभा सांसदमा निर्वाचित रेशम चौधरी पनि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई डिल्ली बजार कारागार मै छन्।

LEAVE A REPLY