पूर्व प्रशासकहरुले धानिदिएको दुई तिहाईको सरकार

Sharing is caring!

कसैलाई माथै माथ कसैको पुर्पुरोमा हात । यस्तै दृश्य देख्न पाइन्छ कर्मचारी वृत्तमा । दलका चाकडी गर्ने जान्ने,भक्तिभाव र गुणगान गाउने क्षमतावान कर्मचारीहरुले पटक पटक अवसर पाउने । तर दल नजिक नभएका कर्मचारीहरु चिल्लै बन्नुपर्ने । यस्तो व्यवस्था सुधार नहुने भयो दुई तिहाई बहुमत प्राप्त सरकारले पनि ।

संघीय मामिलाका सचिव दिनेश थपलियालाई निर्वाचन आयोगको तालाचाबी सुम्पिइएको छ ।संवैधानिक परिषदले हालै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरी संसदीय समितिबाट अनुमोदन समेत भइसकेका छन् । दिनेशकुमार थपलियाका विवादै विवाद छन् । संविधान जारी भएको ३ बर्षसम्म कर्मचारी समायोजन समेत गर्न असमर्थ थपलियाले नेतृत्व गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रु ४ अर्ब १५ करोड ९९ लाख ६ हजार फछ्र्यौट गर्न बाँकी रहेको छ । संघीय मामिला मन्त्रालय र मातहत २६१ निकायको लेखापरीक्षणबाट रु।४ अर्ब १५ करोड ९९ लाख ६ हजार फछ्र्यौट गर्न बाँकी रहेको छ ।
बेरुजु फस्र्योट नगर्ने नियुक्तिका लागि अयोग्य हुनुपर्नेमा सरकारले उल्टै थपलियालाई प्रमुख निर्वाचन आयुक्त नै बनाएर पुरस्कृत गरेको छ । उसो त पछिल्लो समयमा यस्तो अबसर पाउने थपलिया एक्ला होइनन् । वित्त आयोगको अध्यक्षमा नियुक्त गरेका बालानन्द शर्मा नेपाल सरकारको सचिव पदबाट अवकाश पाएका व्यक्ति हुन् ।

निजामती सेवा कालमा खासै उल्लेख्य काम गर्न नसकेका कर्मचारीहरुलाई नै बोकेर मालदार स्थानहरुमा नेतृत्व गर्ने पठाइरहेको छ यो सरकारले पनि । प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्व कर्मचारीहरु प्रतिको मोह देखिएको छ । जस्तो हालैमात्र निर्वाचन आयोगको प्रमुखका रुपमा दिनेश थपलियालाई जिम्मेवारी दिएर पठाइयो ।

पूर्व सचिव नविन कुमार घिमिरे अख्तियार हाक्दैछन्

थपलियाको नियुक्तिले एउटा तरंग पैदा गरिदियो । भनिएको थियो कि आर्थिक कारोबारमा बेरुजुसम्बन्धी ‘क्लिन चिट’ नपाएका अधिकारीलाई १ अर्ब रुपैयाँभन्दा बढी बजेट निकासा हुन संस्थाको जिम्मेवारी दिइनेछैन् ।


पूर्व सचिव उमेश मैनालीलाई लोकसेवा आयोगको अध्यक्ष बनाइएको छ ।
तर उनै थपलिया सचिव हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा ४ अर्बभन्दा बढी बेरुजु देखिएको प्रतिवेदन भर्खरै सार्वजानिक भएको छ । उनै थपलिया उमेर हदका कारण वैशाख ८ मा आनिवार्य अवकाश पाउँदै थिए । तर थपलियालाई ६ बर्षका लागि निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त बनाइएको छ ।

पूर्वसचिव टंकमणि शर्मा महालेखापरीक्षकमा नियुक्ति खाइरहेका छन्

 

यस्तै, समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदी पनि नेपाल सरकारको सचिव पदबाट अवकाश पाएका व्यक्ति हुन् ।

काँग्रेस नेतृत्वलाई खुसी पारे पूर्वसचिव उमेश मैनाली लोकसेवा आयोगको अध्यक्ष भएर काम गरिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वसचिव नविनकुमार घिमिरे प्रमुख आयुक्त बन्न सफल भए । पूर्वसचिव टंकमणि शर्मा महालेखापरीक्षकमा नियुक्ति खाइरहेका छन् ।


लिलामणी पौड्याल मुख्यसचिवबाट अवकाश पाए लगतै चीनका लागि राजदुत बनेर काम गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी खतिवडा अहिले अर्थमन्त्री छन्

झापाली हुनुको नाता हो वा अरु केहि अर्थमन्त्री युवराज खतिवडा सबैभन्दा बढी भाग्यमानीमा पर्दछन् । राष्ट्र बैंक,योजना आयोग हुँदै राष्ट्रिय सभामा मनोनित भएका खतिवडा अहिले अर्थमन्त्री छन् । उनी कुनै समय राष्ट्रबैंकका कर्मचारी हुन् ।

पुर्ननिर्माण प्राधिकरण हाकिरहेका सुशील ज्ञवाली पूर्व कर्मचारी हुन् ।

यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि पूर्वकर्मचारी हुन् । उनी सरकारी इन्जिनियर हुन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका प्राडा पुष्पराज कँडेल त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।यस्तै पूर्व अर्थ सचिव कृष्णहरि बाष्कोटालाई सूचना अयोग,पूर्व सचिव लवदेव अवस्थिलाई भाषा आयोग,पूर्व कानुन सचिव माधव पौडेल कानुन आयोगको नेतृत्व लिइरहेका छन् ।

कभर फोटो स्रोत : नेपाल आज

Sharing is caring!

LEAVE A REPLY