फेरियो भैरहवाको मुहार

लुम्बिनीको प्रवेशद्वार भैरहवा सहरको स्वरुप फेरिएको छ। थोत्रा सडक र डुबानले अस्तव्यस्त देखिने भैरहवाको स्वरुप अहिले बदलिएको छ। आकर्षक सडक, नाली, वृक्षरोपण र रंगरोगन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत रहेको भैरहवा मुलुककै दोस्रो ठूलो आर्थिक केन्द्र मानिन्छ।

अन्नपूर्ण लेख्छ – २ अर्ब ३८ करोडको लागतमा भैरहवाको सौन्दर्यकरण भएको हो। सिद्धार्थनगर नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकले ऋण÷अनुदानमा लगानी गरेको छ। सन् २०१७ मा एडीबी र संघीय सरकारबीच सम्झौता भएर यो कार्यक्रम मुलुकका तीन सहरमा लागू भएको थियो। आयोजना सन् २०२० जुनमा सक्ने लक्ष्य थियो।

आयोजनाको ९३ प्रतिशत काम सकिएकाले ६ महिना अगावै पूरा हुने आयोजना व्यवस्थापक बरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए। आयोजना अन्तर्गत ३५ किलो मिटरका ४२ वटा सडक पुनर्निर्माण र दुवैतर्फ नाला, फुटपाथ, ७० किलो मिटर खानेपानीको पाइप बिछ्याउनु पर्ने र १२ किलो मिटर सतह ढल निर्माण गर्नुपर्ने सम्झौता भएको हो। अहिलेसम्म ४० वटा सडक बनिसकेका छन्। ‘बाँकी दुईवटा सडकको काम पनि छिट्टै सुरु हुँदैछ, साउन १५ भित्रै आयोजनाका सबै काम सकिन्छ’, श्रेष्ठले भने।

LEAVE A REPLY