‘आयो भैरव’मा संचिता र निखिल !

Sharing is caring!

केहि दिनमै निखिल र संचितालाई दर्शकले एकसाथ पर्दामा हेर्न पाउने खवर चारैतिर बुलन्द भएसंगै यसले, दर्शकमा पक्कै पनि उत्साह बढेको अनुमान गरिएको छ ।

धेरै चलचित्रहरुबाट असफल भएर केही समय ब्रेक मा बसेका नायक निखिल उप्रेती अब भने चलचित्र ‘आयो भैरव’का साथमा दर्शकमाझ आउँदैछन् । अहिले यो चलचित्रको धमाधम स्क्रिप्टको काम भैरहेको छ । चलचित्र ‘आयो भैरव’मा भने निखिलले नायिकाको रुपमा संचिता लुइटेललाई नै खेलाउन लागेको खबर प्राप्त भएको छ । यो चलचित्रमा निखिल आफै निर्देशक हुन् । निखिल यो चलचित्रमा प्रहरीको भूमिकामा देखिदैछन् । ‘भैरव’ चलचित्रमा मधेसको कथा उठान गरेका निखिलले यसपटक भने काठमाण्डौमा काम गर्ने एक प्रहरीको कथा उठान गर्ने बताएका थिय ।

संचिताको करिअर पनि अहिले संकटमा छ । दर्शकले पनि लामो समयदेखि निखिल र संचितालाई पर्दामा हेर्न चाहेका छन् । अफर आएका सबै चलचित्रमा काम गर्दा संचिता असफल भइन् । यसैले पनि संचिताको करिअरलाई फेरि उकास्न निखिलले साथ दिनुपर्छ भन्ने चर्चा चल्दै आएको थियो ।

Sharing is caring!

LEAVE A REPLY