सरकारी जागिरमा बढ्दो आकर्षण :-लोकसेवाले मागेभन्दा ४८ गुणाबढी दरखास्त

माग ९ हजार १६१, दरखास्त आवेदन : लाख ४१ हजार १४१

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा मागभन्दा ४८ गुणा बढी आवेदन परेको छ । आयोगले गत १५ जेठमा देशका ५५५ स्थानीय तहका लागि भन्दै ९ हजार १ सय ६१ कर्मचारी माग गरेको थियो । मंगलबार लोकसेवाको स्थानीय तहका लागि खोलेको विज्ञापनमा दोब्बर दस्तुर तिरेर दरखास्त दिने अन्तिम मिति तोकिएको थियो । यस अगाडि ३ असारसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा असार १० गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएकोमा आयोगको सर्भरले काम नगरेपछि नियमित दस्तुरमा ७ दिन थप गरेर असार १० गतेसम्म र दोब्बर दस्तुरमा असार १७ गतेसम्म दरखास्त दिने समय बढाइएको थियो।सो अवधिभित्रमा ४ लाख ४१ हजार १४१ जनाले आवेदन दिएका छन् । यो माग संख्याभन्दा ४७ गुणा दरखास्त परेको हो । ती आवेदनकबाट १४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।


यता लामो रस्साकस्सी पछि लोकसेवालाई उस्ले खोलेको विज्ञापन प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार स्थानीय तहका लागि लोकसेवाद्वारा गरिएको विज्ञापन अघि बढाउने बाटो खोलिदिएको छ । सर्वोच्चको आदेशसँगै परीक्षा स्थगित हुने हो कि भनेर बसेका फाराम भरिसकेका उम्मेदवारहरु तनावमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here