मेगा बैंकले ल्यायो :- १ शाखा १ छात्रवृत्ति योजना

स्कूल फि,युनिफर्म देखि स्टेशसनरी सामग्री उपलव्ध गराउने

dav

मेगा बैंक लिमिटेडले बालिकाहरुका लागि छात्रवृत्ति योजना अगाडि ल्याएको छ । पुरुष शिक्षित भएको खण्डमा उ आफू मात्र शिक्षित हुन्छ । एउटा महिला शिक्षित भएको खण्डमा सिंगो घर शिक्षित हुन्छ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले छात्राहरुको शिक्षामा जोड दिने उदेश्यले एक शाखा, एक छात्रा छात्रवृत्ति योजना अगाडि ल्याएको बैंकले जनाएको छ ।


यो योजना अन्तरगत बैंकका १०२ वटै शाखाले पहिला सरकारी र नीजि विद्यालयसँगको सहकार्यमा त्यहाँ अध्ययनरत विद्यार्थी (विशेषगरी छात्रा) जो पढाईमा अब्बल,जेहन्दार र आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीको पहिचान गर्नेछ । शिक्षा हासिल गर्न कठिन अबस्थामा रहेका छात्राहरुको घर परिवारमा पुगेरै बैंकका कर्मचारीहरुले भेट गर्नेछन् । र शिक्षा हासिल गर्ने जटिल अबस्थामा गुज्रिरहेका विद्यार्थीहरुलाई बैंक र शाखाहरुबाट बैंकले ड्रेस,लन्च देखि उनीहरुको मासिक र बार्षिक शुल्क समेत तिरिदिने भएको छ ।

बैंकले आवश्यक भएका छात्राहरुका लागि व्याग,कापी,सिसा,कलम उपलव्ध गराउने छ । यो अभियान विराटनगरको देवकोटा चोकबाट शुरु भइसकेको बैकले जनाएको छ । जस्लाई देशैभर लागू गर्ने बैंकको योजना छ । बैंकको १०२ वटा शाखाबाट यस्तो सामाजिक कर्म हुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here