पुरक (कविता)


महेन्द्र सिंह राजधोव -(बरिस्ठ)

तिमी ,सररररर बह्ने चिसो ,आनन्दित हावा हौ
म ओइलाएको मुर्झाएको पूरानो बूढो रुख हुँ
तिमी ,सलल बग्ने कन्चन पानी हौ
म खोलाभरी छरपस्ट फालिएको कुनै आकार बिनाको सस्तो ढुङ्गा हुँ
तर, तिमी जे भए नि म ,तिम्रो पुरक हुँ
म जे भए नि तिमी मेरो पुरक हौं , कहिले नटुट्ने ,कहिले नछुट्ने

तिमी सितारबाट निस्किएको संगीतको मिठो धुन हौ
म त्यही संगीतको मीठो धुन निकाल्ने बुडो ,पुरानो ,थोत्रो सितार हुँ
तिमी ,सबैले मन पराउने कुनै सुन्दर गन्तव्य हौ
म कसैले मन नपराउने खाल्डा खुल्डी भएको डरलाग्दो ,अफ्ट्यारो बाटो हुँ ।
तर, तिमी जे भए नि म ,तिम्रो पुरक हुँ

म जे भए नि तिमी मेरो पुरक हौ ।
कहिले नटुट्ने ,कहिले नछुट्ने ।

LEAVE A REPLY