एसईई नतिजा : करिष्मा मानन्धर बी प्लस,शान्ता चौधरी बी ग्रेड

karishma & santa

यस बर्षको एसईई नतिजा सार्वजानिक भएको छ । चासोको बिषय छ यो पटक एसईई परीक्षामा सामेल माननीय शान्ता चौधरी र नायिका करिष्मा मानन्धरको नतिजा के कस्तो आयो ? दृढ इच्छाशक्ति,लगाव भए संसरमा असम्भव भन्ने बस्तु नै के रहन्छ र ? यस्तै कुराको ज्वलन्त उदाहरण हुन संघीय सभाको सांसद तथा नेकपा सचेतक शान्ता चौधरी । हिजोको कहालीलाग्दो दिनबाट उठेर आज संघीय सांसदसम्म बन्न सफल शान्ता चौधरी यो पटकको एसईई परीक्षामा बी ग्रेडमा उत्र्तीण हुनुभएको छ । यस्तै उहाँसँगै एसईई परीक्षामा सामेल सदावहार नायिका करिष्मा मानन्धर बी प्लस ग्रेडमा एसईई उत्र्तीण हुन सफल हुनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजानिक गरेको परीक्षाफल अनुसार नायिका करिष्मा मानन्धरले बी प्लस ग्रेड ल्याएकी छिन भने संघीय सभाको सांसद तथा नेकपा सचेतक समेत रहेकी शान्ता चौधरीले भने बी ग्रेड ल्याएकी छिन् ।
प्राप्ताकं अनुसार शान्ता चौधरीले २ दशमलव ६५ जीपीए ल्याएकी छन् भने करिश्माले ३ जीपीए ल्याएकी छन् ।

LEAVE A REPLY