प्रकाश सपुतले स्वीकारे गल्ती : शभ्भु राईले नाम पाउने,दाम नपाउने

Sharing is caring!

अन्तत लामो समयदेखिको लफडाको निकास निस्किएको छ । पछिल्लो समय युट्युवमा हिट भएको गीत गलबन्दीको भाका चोरी भएको भन्दै विवाद निस्किएको थियो । सो गीतको भाका शभ्भु राईको देउसी भैलो गीतबाट जस्ताको तस्तै भाका चोरी भएको भन्दै विवाद उत्कर्षमा पुगेको थियो ।
यही विवादले सडकदेखि संसदसम्म प्रवेश पायो । प्रकाशसँग शभ्भुले वार्ताको असफल प्रयास गरे । पार नलागेपछि उनी पुगे न्याय खोज्दै प्रतिलिपी अधिकारको कार्यालय । अस्ति आइतबार त्यहाँ शभ्भुले प्रकाशलाई मुद्दा हालेका थिए । तर आज दुवै पक्षबीचको वार्ताबाट शम्भु राई र प्रकाश सपुतबीच आज चार बुँदे सहमति भएको छ । सहमति अनुसार उक्त गलबन्दी गीतको संगीत सिर्जना शम्भु राई रहने र पुनः संगीत प्रकाश सपुत हुने, युट्युवको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम रहने गरी सच्याउने र सोही अनुसार प्रशारण गरिने सहमति भएको छ । यस्तै हालसम्म युट्युव र अन्य डिजिटल माध्यमबाट भएको आर्थिक लाभमा गायक शम्भु राईले दावी नगर्ने सहमति भएको छ ।

यस्तै गायक राईले प्रतिलिपी अधिकारका लागि नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा दिएको निवेदन फिर्ता लिने, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रमहरुलाई निवारण गर्न विज्ञप्ती जारी गर्दै स्पष्ट पार्ने सहमति भएको छ ।

सपुत र शम्भु राईबीच भएको सहमति पत्रमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेशकुमार खड्का, प्रस्तोता समाज नेपालका महासचिव भिषण मुकारुङ, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्की, वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, कामपा बुढानिलकण्डका भोजराज थापालगायतले हस्ताक्षर गरेका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY