कलंकी मालपोत नमुना घोषणा

Sharing is caring!

प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना कार्यालयको उद्घाटन गरेका छन्। जसमध्य एक हो नमुना हो कलंकीस्थितको मालपोत कार्यलय । बदनामी कमाएको यो कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको छ।

नमुना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताका प्रत्यक्ष सरोकार राख्ने कार्यालय आधुनिकीकरण गर्दै लाने अभियान मालपोत कलंकीबाट थालिएको बताए। उनले विकास र सेवा प्रवाहमा प्रविधिको प्रयोग गरी नयाँपन दिने बताए ।

उनले भौतिक पूर्वाधारको साथै कार्यालयको अन्तरवस्तुलाई नमुना बनाउन निर्देशन दिएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमाकुमारी अर्यालले मालपोत कार्यालय लथालिंग रहेको सेवा प्रवाहलाई व्यवस्थित गर्न कंलकीबाट सुरुवात गरिएको बताइन्।

Sharing is caring!

Loading...

LEAVE A REPLY