संसारकै कान्छो बन्दी : जसलाई १४ वर्षमै जेलमा थुनियो, १८ वर्षमा फाँसी सुनाइयो

Sharing is caring!

२०११ मा जब साउदी अरबमा त्यहाँको राजतन्त्र, तानाशाही व्यवस्था तथा शोषणको विरोधमा आन्दोलन भएको थियो । मुस्लिम प्रभुत्वको यस मुलुकमा सडकमै जनता राजतन्त्रविरुद्ध ओर्लिएका थिए ।

अन्नपूर्ण लेख्छ सोही आन्दोलनमा १७ वर्षीय अली कुरेसिसलाई प्रहरीले गोली प्रहार गरी हत्या गरिदियो । उक्त घटनाको विरोधमा उनकै १० वर्षीय भाइ मुर्तजा कुरैसी आन्दोलनमा उत्रिए । उनी आन्दोलनको अगुवा झैँ अग्रभागमा नेतृत्व गर्दै थिए । तर उनको यस्तो गतिविधिप्रति प्रहरीले शंका गर्न थाल्यो । उनी पनि कुनै हतियारधारी समूहबाट सञ्चालित हुन् कि भन्ने प्रहरीको चासो थियो । अन्ततः सिंगो साउदी सरकार नै एक बालकको पछि लाग्यो ।

आन्दोलनले ठूलो रुप त लियो तर अलीको हत्याका दोषीलाई कारवाहीको कुनै गुन्जायस भएन । आन्दोलन सरकारले दबाएरै छोड्यो । घटना यतिमै सकिएन। प्रहरीको निशानामा परेका ती बालक मुर्तजा जब १४ वर्ष पुगे, त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्यो । राजनीतिक बन्दीको रुपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । भलै मुर्तजाविरुद्ध आतंकवादी समूहसँगको साँठगाँठ जस्ता अनेक मुद्दा सरकारले लगाएको थियो । ४ वर्ष जेलमा राखेर १८ वर्ष पुगेपछि बल्ल उनको मुद्दाबारे बहस भयो ।

त्यसो त, उनलाई फाँसीको सजाय दिनुपर्ने निर्णयमा अदालत पुग्यो । यससँगै मुर्तजाको बचाउका लागि संसारभर मानवअधिकारकर्मी तथा अन्य थुप्रै युवा लागिपरे ।

पछिल्लो समय साउदी अरबमा उनको बचाउमा थुप्रै समूह आन्दोलित भएका छन् । साउदी अरबसँगै बाहिरी मुलुकमा समेत उनको पक्षमा आन्दोलन भएपछि सरकारलाई दबाब परेको हो । बुद्धिजीवी, लेखक, कानुन व्यवसायीलगायत मुर्तजाको पक्षमा उत्रिएपछि पनि साउदी सरकारलाई दबाब भएको हो । यतिसम्म कि, साउदी सरकारको कानुनकै निन्दा पनि भएको थियो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY