प्रधानमन्त्री ओली: भूमी व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियो

कलंकीमा आज नमूना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको सो कुरा बताएका हुन।

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने संगै प्रधानमन्त्री ओलीले ‘अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ।’

प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका छ,’ ‘हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल,सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्छ। अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए। र प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताएका छन्। भूमी व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियो

LEAVE A REPLY