विज्ञापन नरोके मधेश आन्दोलनको चेतावनी

Sharing is caring!

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन नरोके मधेश आन्दोलन गर्ने चेतावनी आएको छ । कर्णले संसदमा विशेष समय लिएर बोल्दै विज्ञापन नरोके चौथो मधेश आन्दोलन हुने चेतावनी दिएका हुन् ।

‘विज्ञापन समावेशी र समानुपातिक नभएकाले रोक्नुपर्छ,’ कर्णले भने,‘विज्ञापन नरोके संसद छाडेर चौंथो मधेश आन्दोलनमा जान्छौं ।’ देशमा पटक पटक आन्दोलन गर्नुपरेको भन्दै संविधान बमोजिमको कार्य नगरेर सरकारले संविधानको धज्जी उडाएको बताए ।

लोक सेवा आयोगको विज्ञापनले संविधानको आत्मा निकालको उनको भनाइ छ। उनले भने, ‘समावेशी समानुपातिक संविधानको आत्मा थियो। समानुपातिक समावेशी झिकेर आत्मा उडाइयो। हामी मधेशी जनजातिको अधिकारमाथि तलबार चलाइयो।’

Sharing is caring!

Loading...

LEAVE A REPLY