विधेयक फिर्ता लिने प्रक्रिया मिलेन, विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री किन अनुपस्थित ?

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

Sharing is caring!

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभामा देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिए ।

उनले सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई त्यो स्वीकार्य नहुने चेतावनी दिए । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले भने, “प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनैपर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।”

उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गरेको आरोप लगाए । उनले भने, “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहिँ उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसारभरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहाँ ठिक उल्टा । जवरस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेसी हुन्छ ? बल मिच्याइँ चल्दैन यो । हामी कुनै हालतमा मान्यवाला छैनौ ?

उनले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिए ।

Sharing is caring!

Loading...

LEAVE A REPLY