दुर्घटनाको पीडा : छोराको विवाह गर्ने धोको अधुरै

Sharing is caring!

सोमबार दिउँसो दुर्घटना हुँदा १० जनाले घटनास्थलमै ज्यान गुमाए भने ५ जना गम्भीर घाइते भएका छन् । मष्टा गाउँपालिका वडा नम्बर १ को डौठी भन्ने ठाउँमा से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेमध्ये तीनजना एकै परिवारका थिए ।

मष्टा गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कलक खड्का, उहाँकी श्रीमती अन्दाजी ३८ वर्षकी जुनधारा र कान्छा छोरा १२ वर्षका सरोज खड्काको दुर्घटनामा ज्यान गएको हो । १५ वर्षीया छोरी संगिता घाइते भएकी छिन् ।

कलक भारतको केदारनाथ भन्ने ठाउँमा मजदुरी गरेर फर्किएको चार दिनमात्रै भएको थियो ।

गएको वैशाखको पहिलो हप्ता मजदुरी गर्न भारत गएका कलक जेठ ३२ गते घर पुगे । उनका जेठा छोरा सन्देश खड्काले प्रेमविवाह गरेर बझाङकै तल्कोट गाउँपालिका–१, भाटगाउँबाट श्रीमती भित्र्याएका थिए ।

उनको विवाह रीतिरिवाजअनुसार असार ५ गते धुमधामका साथ गाउँमै गर्ने निधो भएको थियो । खड्का हतार–हतार छोराको विवाह गर्न घर पुगेका थिए ।

जेठ ३२ गते घर पुगेका कलकले गाउँघरको सबै चाँजोपाँचो मिलाए । बुहारीका लागि गरगहना, केही सामान र लुगाकपडा किन्नका लागि सोमबार बिहान श्रीमती जुनधारा, कान्छा छोरा सरोजसहित आफन्त ८ वर्षिया विपनालाई लिएर कलक सदरमुकाम चैनपुर आए ।

पैसाको बन्दोबस्त नगरी आएको खड्का परिवारले सदरमुकाम चैनपुरमै रहेको लक्ष्मी विकास बैंकबाट एक लाख ५० हजार रुपैयाँ कर्जा लिएको उनका छिमेकी वसन्त खड्काले बताए ।

आफूलाई साक्षी राखेर छोराको विवाहका लागि भन्दै डेढ लाख ऋण निकालेर गरगहना र विवाहका लागि आवश्यक सामानहरु किनेर घरतिर लागेको वसन्त बताउँछन् ।

छोराको विवाहमा आउन भन्दै कलकले आफन्त सबैलाई निम्ता र खबरसमेत गरिसकेका थिए । तर, उनीसहित परिवारका तीनजनाको जीवन दुर्घटनामा समाप्त भयो । कलकका जेठो छोराको विवाह अधूरै रह्यो ।

अब कलकको परिवारमा जेठा

Sharing is caring!

LEAVE A REPLY