‘नाई नभन्नु ल ५’लाई युटुबमा यस्तो प्रतिक्रिया

Sharing is caring!

चलचित्र ‘नाई नभन्नु ल ५’ रिलिज भएको करिब ९ महिनापछि युटुबमा पनि आइसकेको छ । यो चलचित्र अहिले नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ । अधिकांश दर्शकले चलचित्र हेरेर रोएको प्रतिक्रिया दिएका छन् । बाल–कलाकार सेड्रिना शर्माको कामलाई दर्शकले अझै रुचाएका छन् । युटुबमा सार्वजनिक भएसँगै यो चलचित्रलाई दर्शकले अत्याधिक मन पराएका छन् । विकासराज आचार्य निर्देशित यो चलचित्रले बक्स अफिसमा हिट भएको थियो ।

यो चलचित्रमा अनुभव रेग्मी, सेड्रिना शर्माको साथमा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्रको कथावस्तुले मन छोएको प्रतिक्रिया दर्शकले दिएका छन् । कतिपयले भने बालबालिकामा प्रेम गर्न सिकाएको भनेर आलोचना पनि गरेका छन् । ‘नाई नभन्नु ल ५’लाई युटुबमा यस्तो प्रतिक्रिया

Sharing is caring!

LEAVE A REPLY