लोक सेवा ‘सर्भर डाउन’ भएर फारम नभरिएपछि म्याद बढाउन माग

Sharing is caring!

आवेदन फारम भर्न नपाएका आवेदकले जनकपुरधाममा लोक सेवा आयोगविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।लोक सेवा आयोगले अनलाइन आवेदन फारम भर्न दिएको अन्तिम दिन असार ३ गते ‘सर्भर डाउन’ भएर फारम भर्न नसकिएपछि आवेदकले म्याद बढाउन माग गरेका छन् ।

लोक सेवा आयोगको कारण आफूहरू लोक सेवा जाँच दिनबाट वञ्चित हुन नहुने भन्दै म्याद बढाउन माग गरिएको छ । ‘करीब ३० जनाको समूहमा रहेका हामी लोक सेवा आयोगका जाँच दिन आवेदन भर्न चाहेका थियौं,’ सिंहले भने, ‘तर सर्भर डाउन भएका कारण फारम नै भर्न पाएका छैनौं ।’महोत्तरी बर्दिबासका इच्छुक आवेदक धर्मेन्द्र सिंहले भने, ‘आवेदन फारम भर्ने म्याद बढाउन तथा आयोगको विज्ञापनलाई सच्याएर समावेशी बनाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको हो ।’

Sharing is caring!

Loading...

LEAVE A REPLY