सनी देओल १६ वर्षसम्म शाहरुख खानसँग किन बोलेनन् ?

Sharing is caring!

फिल्म ‘डर’ बाट सुरु भएको अभिनेता सनि देवल र शाहरुख खानबीच चलेको लामो समयसम्मको मनमुटाब को कुरा त हामीले पक्कै पनि सुनेको नै हुनुपर्छ । भारतीय संचार माध्यमले बताय अनुसार डर फिल्म पछि सनीले यश चोपडासँग काम नगरेको र १६ वर्षसम्म शाहरुख खानसँग कुरा नगरेको बताएका छन् ।

सनीसंग शाहरुख खानसँग १६ वर्षसम्म नबमेलेको कुरामा उनी भन्छन् , ‘यस्तो होइन कि म बोल्दै बोलिनँ । थाहा छैन के हो । म खासैसमाजसँग रमाउने मान्छे होइन । कसैसँग धेरै कुरा गर्दिनँ । हाम्रो कहिले भेट नै भएन त कुरा कसरी गर्ने ? म यसै पनि कुनै पनि पार्टीमा जादिनँ, कार्यक्रममा पनि जादिनँ । हामी सँगै काम गर्छौं तर कोहीसँग पनि धेरै कुराकानी गर्दैनौं ।’सनीले एक टिभी च्यानलसँगको अन्र्तवार्तामा डरको सेटमा भएको मनमुटावबारे खुलेर कुराकानी गरेका छन् । उनले भने, ‘फिल्ममा म कमान्डोको भूमिकामा थिएँ र शाहरुख खानले मलाई चक्कुले हमला गर्नुथियो । म यति फिट थिएँ कि मलाई कसैले (शाहरुख खान( कसरी चक्कु हान्न सक्छ भन्ने लाग्यो ।’

‘यो कुरा मलाई चित्त बुझेन, अत्यधिक रिस पनि उठ्यो । यश जी अग्रज हुनुहुन्थ्यो त्यसकारण म उहाँलाई केही भन्न सक्दिनथेँ । त्यतिबेला मैले रिसले आफ्नो हात जिन्सको खल्तीमा हालेँ । मलाई यति रिस उठेको थियो कि मेरो जिन्सको खल्ती कहिले च्यातियो, मलाई थाहा नै भएन ।’

Sharing is caring!

Loading...

LEAVE A REPLY