मन्थलीका मेयरमाथि कार्यपालिका बैठकमै आक्रमण

Sharing is caring!

सोमबार नगरकार्यपालिका बैठक चलिरहेको बेला मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिका बैठकमै आक्रमण भएको छ ।

काम नै नगरेका पुराना योजनाको रकम भुक्तानी हुनुपर्ने माग उठाउँदै वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गरेको बस्नेतले बताए ।

आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकोमा चोट लागेको छ। गत आर्थिक वर्षमा वडा नम्बर ५ मा विनियोजन भएको एक करोड १५ लाख रुपैयाँमध्ये काम हुन नसकेपछि ७८ लाख रुपैयाँ संचित कोषमा फिर्ता भएको थियो। फिर्ता आएको उक्त रकम वडामा जानुपर्ने र योजना कार्यान्वयन हुनुपर्ने वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले चालू आर्थिक वर्ष सुरु भएदेखि नै माग गर्दै आएका थिए। त्यही विषयलाई लिएर कार्यपालिकाको बैठकमा सधैं विवाद हुने गरेको नगर प्रमुख बस्नेतको दाबी छ।

एक आर्थिक वर्षमा काम हुन नसकेर संचित कोषमा फिर्ता भएको रकम नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरयोजना बनाएर खर्च गर्नुपर्ने भएकाले वडाले माग गरेजस्तै जस्ताको तस्तै दिन नसकिएको नगरप्रमुख बस्नेतको भनाइ छ। तर, उक्त विषय कार्यपालिकाको बैठकमा पटक–पटक उठेपछि कार्यपालिकाको २१ औं बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेर वडाले गरेको कामको स्थलगत निरीक्षण गराएको थियो।

Sharing is caring!

Loading...

LEAVE A REPLY