यस्ता पहिरन लगाएर सामाजिक संजालमा सेअर गर्दा डाक्टरको मेडिकल लाइसेन्सनै रद्द गरियो

Sharing is caring!

म्यानमार मेडिकल काउन्सिलले २९ वर्षीया डाक्टर नांग मी शानको लाइसेन्स खोसिएको छ । भर्खरै डाक्टर शानले विक्किनी पहिरनमा खिचेकी तस्वीर सोसल मिडियामा सेयर गरेकी कारण उनको लाइसेन्स खारेज गरेको हो ।

पछिल्लो समय आफ्नो तस्वीर सोसल मिडियामा सेयर गर्ने चलन ह्वात्तै बढेको छ । यसरी डाक्टर शानले विक्किनी तस्वीर सोसल मिडियामा सेयर गर्ने वित्तिकै म्यानमार मेडिकल काउन्सिल भड्कियो, भने सुरुमा सूचना पठायो । त्यसपछि डाक्टर शानको डाक्टरी लाइसेन्सलाई नै रद्द गरिदियो । यसको सीधा अर्थ यो हो कि अब उनले मेडिकल प्राक्टिस गर्न पाउने छैनन् ।

डाक्टर शानको लाइसेन्स रद्द गर्ने फैसला गलत भएको बताउँदै काउन्सिलविरुद्ध कडा विरोध गरिएको छ । उकान्सिलको यस कदमले ब्यक्तिगत स्वतन्त्रतामाथि दखल दिएको बताइएको छ ।

उनले आफ्नो सोसल मिडिया अकाउन्ट फेसबुकमा आफ्नो कयौं बोल्ड तस्वीरहरु सेयर गरेकी छन्, जहाँ विक्किनी तस्वीरहरु बढी पोष्ट गरेकी छन् । तर, डाक्टर शानको उक्त विक्किनी तस्वीरमाथि काउन्सिलले आपत्ति जनाउँदै आएको थियो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY