लोकसेवाको अनलाइन आवेदनमा समस्या, १ लाख ६६ हजार आवेदन

Sharing is caring!

लोकसेवा आयोगको अनलाइन आवेदनका साथै स्थानीय तहका लागि भएको विज्ञापनका लागि आवेदन दिने क्रममा सोमबार समस्या उत्पन्न भएको छ ।

सोमबारबाट अनलाइन आवेदनमा समस्या देखिएपछि आवेदन दिन चाहनेमा अन्योल छाएको छ । विगत चार दिनदेखि लोकसेवाको सर्भर नचलेको भन्दै लोकसेवा कार्यालयअघि ठूलो संख्यामा युवायुवती भेला भएका थिए । उनीहरूलाई प्रहरीले लोकसेवा आयोगको परिसर प्रवेशमा रोक लगाउनुका साथै सामान्य बलसमेत प्रयोग गरेको थियो । लोकसेवा आयोगले भने विज्ञप्ति जारी गर्दै अन्तिम समयमा फर्म भर्नेको संख्या बढी भएका कारण सर्भर डाउन भएको र त्यो प्रविधिक समस्या समाधान गर्ने जनाएको छ ।

आयोगका सचिव महेन्द्र गुरागाइँले केन्द्रीय सर्भरमा समस्या देखिएकाले आवेदनमा समस्या आएको बताए । समस्या समाधानका लागि केन्द्रीय सर्भरमा पहल भएको आयोगले जानकारी दिएको छ । आयोगले समस्याका कारण आवेदन दिन नपाएकाका लागि आयोगको बैठकबाट निर्णय गरेर वैकल्पिक व्यवस्था गरिने सचिव गुरागाइँले राजधानीलाई बताए ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले आयोगले समावेशी सिद्धान्त र संविधानको पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिँदै करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो । यससँगै सुरु भएको अन्योलका कारण धेरैले आवेदन दर्ता गराउन सकेका छैनन् ।

Sharing is caring!

LEAVE A REPLY