अनमोलको स्वास्थ्य शिविर जाऔँ, निःशुल्क स्वास्थ्य परीक्षण र औषधि लियौँ

प्रायजसो बिरामीहरुका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको अनमोल आयुर्वेद सेवा केन्द्रले शनिबार कलंकीमा रहेको आफ्नो शाखाबाट निशुल्क शिविर सञ्चालन गरेको छ । मुख्य कार्यालय कोटेश्वरमा रहेको उक्त सेवा केन्द्रले तीनै शाखाबाट यसअघि देखि नै निशुल्क रुपमा शिविर सञ्चालन गर्दै आएको छ । शिविरबाट हालसम्म सयौँ मानिस लाभान्वित भएका छन् ।

शनिबार बिरामीले शिविरमा नाम दर्ता गराएर निःशुल्क रुपमा स्वास्थ्य चेकजाँचसँगै औषधि पनि लिएर गएका छन् । पछिल्लो समय एल्लोपेथिक दुनियाँबाट बाहिरिँदै आयुर्वेदिक दुनियाँमा आम मानिसको विश्वास बढ्दै गइरहँदा अनमोलले पनि आफ्नो सेवालाई अझ विस्तार गर्दै आयुर्वेदिक औषधिको महत्व, प्रयोग र फाइदाको बारेमा जनचेतना जगाइरहेको छ । अनमोल आयुर्वेद सेवा केन्द्रका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. शोभाराज सुवेदी भन्छन् ‘अब विस्तारै मानिसमा एल्लोपेथिक दुनियाँबाट आयुर्वेदिक दुनियाँ नै सही रहेछ भन्ने आत्मग्लानी पलाएको छ । सबैलाई लामो र स्वास्थ्य जीवन बाँच्ने मन जागेको छ ।’

डा. सुवेदीका अनुसार पछिल्लो समय चाहिनेभन्दा बढी समय सामाजिक सञ्जालमा व्यस्त हुने, समयमा खाना बिर्सने, कहिले त खाँदै नखाने बानीले ग्याष्ट्रिक (ग्यास्ट्राइटीस) लगायत ज्यानलाई जोखिम तुल्याउने रोगहरुले सताएको छ । यसकारण सही समयमा काम र माम अर्थात् पौष्टिक खानपिन गर्नाले ग्याष्ट्रिक लगायत अन्य रोगबाट सजिलै बच्न सकिने उनको सल्लाह र सुझाव रहेको छ । डा. सुवेदी सबैलाई स्वास्थ्य शिविरमा आएर भरपुर फाइदा लिन समेत सल्लाह दिन्छन् । त्यसो त बिरामीहरुको चेकजाँच डा. सुवेदी आफैँले गर्दछन् ।

डा. शोभाराज सुवेदी, वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ, अनमोल आयुर्वेद सेवा केन्द्र

कलंकीबाट शनिबार शिविरमा साधारण स्वास्थ्य परीक्षण तथा चेकजाँच गर्न आएका भरत खड्का आफू स्वास्थ्य रहेर सुन्दर जीवन जिउन चाहेको सुनाउँछन् । उनी भन्छन्, ‘मैले अनमोलको आयुर्वेद केन्द्रको सेवाको बारेमा विभिन्न निको भएका रोगी व्यक्ति र सञ्चारमाध्यमबाट थाहा पाएको थिए । आज यहिँ बाटो हिँड्दै थिए बाटैमा निशुल्क शिविर सञ्चालन गरिएको रहेछ । मैले नि चेकजाँच गरे ।’

अनमोल सेवा केन्द्रका अध्यक्ष मानबहादुर साउद पनि शनिबार बिरामीको स्वास्थ्य चेकजाँचमा उत्तिकै दत्तचित्त भएर लागिपरेका थिए । उनी आफूँ व्यवसाय भन्दा पनि बिरामीलाई सेवा दिन तल्लिन छन् । उनलाई भेटेपछि प्रश्न थियो, निशुल्क शिविर सञ्चालन किन नि ? उनले सजिलै प्रश्नको जवाफ दिए, ‘अनमोलजस्ता थुप्रै आयुर्वेदिक सेवाहरु छन् । सबैले आयुर्वेद औषधि नै खुवाएर बिरामीको रोगलाई निको पार्ने हो । र, हामी पनि त्यहिँ हौँ । तर, हामी विगतदेखि नै आममानिसमा आयुर्वेदसम्बन्धि सहि जनचेतना जाग्नुपर्दछ भनेर प्रत्येक हप्ताजसो नै निशुल्क शिविर सञ्चालन गरेर बिरामीको रोग पत्ता लगाएर उपचार गरिरहेका छौँ ।’

विगत एक दशकदेखि आयुर्वेद क्षेत्रमा रहेर बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अनमोलको हाल उपत्यकामा तीन स्थान (कोटेश्वर, सातदोबाटो र कलंकीमा) बाट सेवा प्रदान हुँदै आएका छन् । अनमोल सेवा केन्द्रकी आयुर्वेद चिकित्सक डा. प्रविना श्रेष्ठ भन्छिन्, ‘पछिल्लो समय महिलामा फिस्टुला र पायल्सले जीवन नै धरासय बनाएको छ । मुख्य त खानपिन, कसरत, ध्यान तथा योगामा ध्यान नदिनु नै यसका कारणहरु हुन् ।’ अनमोलले आफ्नो सेवा केन्द्रबाट बिरामीहरुको पेट रोग, नशा तथा हाड जोर्नी दुखाई, छला रोग, यौन समस्या, महिला रोग, नाक कान घाँटी लगायत मृगौँला, पत्थरी, मोटोपना, मधुमेह, स्मरणशक्तिमा ह्रास, दुर्बलता, शुक्रमेह, उच्च रक्तचाप, माइग्रेन र मनोरोगहरुको उपचार गर्दछ ।

LEAVE A REPLY