स्काईल्याण्ड सहकारीका सिइओको बदमासी :-लगानीकर्ता चुस्ने,आफ्ना नातागोता पोस्ने

Sharing is caring!

कोही मान्छे यति जब्बर हुन्छन कि औलो दिँदा डुडुल्नो निलिदिन्छन् । यस्तै भएर निस्किएका पात्र हुन उनी । न्यूरोडतिर एउटा सहकारी छ । स्काईल्याण्ड बचत तथा ऋृण सहकारी । जस्का प्रमुख कार्यकारी अधिकृत (सिइओ)को हैसियतमा छन् कृष्ण गोपाल तण्डुकार । जो यो १० बर्ष पूरानो सहकारी हो । उनलाई यहाँ जस्ले इन्ट्री गराएका थिए अहिले उसैलाई तन्नम हुनेगरी डुबाइदिएका र आफ्ना नातागोता घुसाएका छन् । कृषि विकास बैंकबाट रिटायर्ड भएका व्यक्ति । कृषि विकास बैंकमा आर्जेको सिपले सहकारीलाई उचाईमा पु¥याउँछन् भन्ने विश्वाशले उनलाई त्यहाँ भित्राइएको थियो । तर जस्ले हिजो उनलाई सहकारीमा इन्ट्री गराएका थिए अहिले उनैलाई डुबाउन तल्लीन छन् । कसैको अनुहारमा पोतिएको हुँदैन इमान्दारिता र गद्धारीको छाप । जब अवसर पाउँछ नि मान्छेले तब अग्निपरीक्षा हुन्छ उस्को । आखिर धनदेखि पछि महादेवको त तीन नेत्र हुन्छ भन्छन् । मान्छे नै परे कृष्णगोपाल । यस अगाडि नै उनी अर्काे एउटा सहकारीबाट गलहत्याईमा परी सकेका व्यक्ति । भुँइको धूलोलाई शीरमा चढाउँदा परिणाम भोग्दैछन अहिले दिनेशरत्न बज्राचार्य जो उक्त सहकारीको पूर्व कोषाध्यक्ष हुन् । उनैले हो कृष्णगोपाललाई टिपेर सहकारीको सिइओको रुपमा भित्राएका थिए । तर कीर्ते कर्म गर्नमा कृष्णगोपाललाई कस्ले भेट्टाओस । जब उनको इन्ट्री भयो सहकारीमा सिइओको रुपमा । उनी त्यहाँ मुसा बनेर छिरे र निस्किए सिंह बनेर । अर्थात त्यहाँ छिरे पछि संस्थाका संस्थापकहरुलाई किक आउट गर्ने प्रक्रिया शुरु भयो । यो घानमा पिसिए संस्थापक अमरप्रकाश श्रेष्ठ ।

श्रेष्ठ आफ्नो शेयर हिस्सा निकालेर निस्किए,उपाध्यक्ष थिए राजाराम बानियाँ । उनको शेयरलाई ऋृणमा कटाएर बाँकी रकम फिर्ता गरियो र उनलाई पनि बिदा गरियो । सदस्य तथा कृषि विकास बैंकका पूर्व शाखा प्रवन्धक बेखनारायण श्रेष्ठ बिते । उनका छोरा दिपेन्द्र सहकारीको सदस्य बने । अन्य शेयर सदस्यहरुलाई विना शर्त शेयर फिर्ता दिइयो । अन्य शेयर धनी र संस्थापकहरु बहिरिए तर पूर्व कोषाध्यक्ष दिनेश संस्थामै थिए । उनी देशमा भन्दा बढी विदेशमै रमेका उतै व्यापार व्यवसायमा जमेका । जस्ले उनलाई यो संस्थाको सिइओ बनायो उसैलाई डुबाइदिए । उनले कतिसम्म चतु¥याई गरे भने पूर्व कोषाध्यक्ष दिनेशको नाममा रहेको करोडौंको शेयरलाई ऋृणमा रुपान्तरण गरिदिएर शेयर धनीलाई ऋृणी बनाइदिए ।

यसरी मुख्य लगानीकर्ता र शेयरधनीहरुले खाई नखाई बचत गरेको रकम डुबाएर सिइओ कृष्णगोपालले आफू र आफ्नालाई पोस्न खोज्दैछन् । यसरी पूराना लगानीकर्ताहरुलाई गलहत्याए पछि उनले धमाधम आफ्नो श्रीमती,श्रीमतीका आमा,सालोहरुलाई सहकारीको बोर्डमा भित्राएका छन् । र अहिले यो सहकारी स्काईल्याण्ड नभएर कृष्णगोपाल तण्डुकार एण्ड कम्पनीमा परिवर्तन भएको छ । उनी कार्यकारी निर्दैशकका साथ सचिवको जिम्मेवारी सम्हाल्दैछन् । ज्वाई आशिष मानन्धरलाई कोषाध्यक्षको जिम्मा दिएका छन् । बुहारीका भाई दिजेन्द्रराज भण्डारीलाई सदस्य र ज्वाईको आमा सावित्रि मानन्धरलाई नियुक्ति गरिएको छ । यस्तै साधरणसभाबाट २ जना प्रतिनिधि छान्नुपर्नैमा एक जना आफ्नै श्रीमती गायत्री तण्डुकारलाई नियुक्ति गरिएको छ । यसरी एकाघरकै मान्छेहरुले सहकारी खोल्न पाउने कि नपाउने ? सहकारी विभागका टाउकाहरु के हेरेर बसेका छन् ? उनी सहकारीमा भित्रिएसँगै स्काइल्याण्ड नामक इन्भेष्टमेन्ट कम्पनी समेत खोलिएको थियो । तर सहकारी संस्थालाई बचाउने नाममा इन्भेष्टमेन्ट कम्पनी डुबाइएको छ । त्यही कम्पनीमा शेयर हालेका थिए दिनेशहरुले ५ करोड । अहिले त्यही लगनाीलाई ऋृणमा देखाइदिए पछि दिनेशको तनावको ग्राफ चुलिएको छ । चलाइएको इन्भ्ष्टमेन्ट कम्पनीहरु सबै डुबाइएको छ । जस्तो मैपी प्रोजेक्टको लागत १ करोड १७ लाख ९६ हजार, बाडेगाउँ प्रोजेक्ट र चेंखछे गल्ली प्रोजेक्ट । संस्था मार्फत यी तीनवटा कम्पनीहरु च्लिरहेका थिए । ती सबै कम्पनी हेर्ने जिम्मा पनि उनैले पाएका थिए । तर अहिले यी तीनवटा कम्पनी नै तन्नम बनेको छ । बारम्बार प्रोजेक्टका नक्सा तथा लालपूर्जामाग्दा समेत नदिएको । सदस्यहरुले किन्न खोज्दा नदिएको तर कृष्ण गोपाल तण्डुकारले घाटामा प्रोजेक्टहरु विक्री गरेको भेटिएको हो । उनले संस्था र इन्भेष्टमेन्ट कम्पनी डुबाएर सहकारी चलाइरहेका । सहकारीमा अहिले १६३ जना शेयर सदस्य छन् । तर संस्थाको बार्षिक साधरण सभा कहाँ कसरी र कहिले भयो ?अधिकांश शेयर सदस्यहरु बेखबर छन् । बिगतको ४ बर्षदेखि बार्षिक साधरणसभा भएको जानकारी समेत कुनै शेयरधनीलाई छैन ।

यर सदस्यहरुले आफूले खाई नखाई पसिना बगाएर आर्जित रकम सिञ्चित गर्ने ठाउँ हो सहकारी । तर कृष्णहरुको मनोमानी कतिसम्मएकाघरकै श्रीमती,छोरा,सासु,साढुभाई,सालोको नाममा संस्थाको करोडौं ऋृण प्रवाह गरिएको छ । न त धितो नै राखिएको छ । पूराना लगानीकर्ताहरुलाई लखेटिए पछि मनोमानी ढंगले सहकारी चलिरहेको छ । त्यहाँ उनका साढुभाई दिजेन्द्रलाल भण्डारीलाई १० लाख ऋृण दिइयो । ज्वाई आशिष मानन्धरलाई पहिलो पटक ४ लाख ऋृण दिइएको । यस्तै छोरी अर्चना मानन्धरलाई ८ लाख,छोरी ज्वाई आशिष मानन्धरलाई ५ लाख विजनेश लोन दिइएको छ । यस्तै श्रीमती गायत्री तण्डुकारको नाममा २३ लाख कृषि ऋृण,ज्वाई आशिष मानन्धरको नाममा १० लाख कृषि ऋृण ,फेरि अर्काे मितिमा ५ लाख ऋृण प्रवाह गरिएको छ र आफ्नै नाममा १ लाख ऋृण लिएका छ । छोराको नाममा रहेको मिडिया ग्यालर प्रालिलाई समेत १५ लाख ऋृण दिएको भेटिन्छ । यसरी आफ्नै एकाघरको ऋृण दिँदा न त धितो नै राखिएको छ न त प्रक्रिया नै पूरा गरिएको छ । कुनै पनि सहकारीमा एकाघरका मान्छे मात्र सञ्चालक हुन पाउने वा नपाउने ? एकाघरकै सदस्यहरुलाई लाखौ रकम आँखा चिम्लेर विना धितो ऋृण प्रवाह गर्न मिल्ने कि नमिल्ने ? जसरी किष्ट बैंक,ओरेन्टल सहकारीले सर्वसाधरणका करोडौं रकम कुम्ल्याएर फरार भए ठीक उही ढंगले डुब्ने बाटोमा पुगेको छ स्काईल्याण्ड बचत तथा ऋृण सहकारी । उनै सिइओका ज्यादती विरुद्ध अहिले सहकारी विभागमा उजुरी दर्ज भएको छ । यसरी सहकारीको मनो्मानी बढ्दा के हेर्दैछ सहकारी विभाग ? कि विभागका हाकिमहरुले पनि भेटेका छन् स्काईल्याण्ड बचत तथा ऋृण सहकारीका सिइओको चास्नी ? राष्ट्रिय सहकारी संघ यस्ता मुद्धामा के हेदैछ ?

सहकारी पीडितहरु

Sharing is caring!

Loading...

LEAVE A REPLY