कतारमा ४ वर्ष जेल बसेर फर्किएपछि नेपालमा लागुऔषध कारोबार

३० बर्षीय गोविन्द थापालाई बुधबार पोखराको उत्तम चोकबाट लागुऔषधसहित नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको थियो। थापालाई कतारमा लागुऔषध कारोबारको आरोपमा ४ बर्ष जेल सजाय भएको समेत भएको प्रहरी ले जनाएको छ ।

लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि उनको समूहलाई पक्राउ गर्न प्रहरी उत्तम चोक पुगेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको कास्की प्रहरीले बताएको छ। घाइते थापाको बायाँ खुट्टाको घुडामुनी गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। थापासँगै रहेका अर्को एकजना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेका थापा सन् २०१४ देखि सन् २०१८ सम्म लागुऔषध ओसारपसारको आरोपमा कतारमा जेल सजाय पाएको कार्कीले बताए। कास्की प्रहरीले थापालाई ज्यान मार्ने उद्योगमा समेत पक्राउ गरेको प्रहरीले बताएको छ। थापाको आक्रमणबाट पक्राउ गर्न पुगेका असई सामान्य घाइते भएका छन्।

LEAVE A REPLY