प्रहरीद्दवारा नै पत्रकारको मुखमा पिसाब !

दुई प्रहरी मिलेर उत्तर प्रदेशको शामली जिल्लामा लिकबाट बाहिर निस्केको रेलबारे समाचार कभरेज गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरेको खबर बाहिरिएको छ । पीडित पत्रकार अमित शर्माका अनुसार प्रहरीले हिरासतमा राखेर कुटपिट मात्रै गरेनन्, नाङ्गो पनि पारे र मुखमा पिसाबसमेत गरिदिय ।

प्रहरीले क्यामेरा खोस्न लाग्दा त्यो भुइँमा खस्यो र उठाउन खोज्दा एक प्रहरीले कुट्न थालेको पत्रकारको आरोप छ । करिब २०० मिटर टाढासम्म आफूलाई कुटेको शर्माले बताएका छन् । कुट्दै लगेर ‘लकअप’मा बन्द गरेको, त्यसपछि मुखमा पिसाब फेरेको उनको आरोप छ ।

रेलवेको बारेमा समाचार आएको विषयमा प्रहरीहरु निकै रिसाएको र त्यसको बदला लिएको बताइएको छ । शामली जिल्लाको धिमानापुरमा मालबाहक रेलले लिक छाड्दा केही डिब्बा उछिट्टिएर बाहिर पुगेको थियो । डिब्बा बाहिर पुगेपछि त्यहाँको ट्राफिक जाम भएको थियो । पत्रकारमाथि कुटपिट गर्ने प्रहरीका जीआरपी एसएचओ राकेश कुमार र कन्स्टेबल सञ्जय पवारलाई निलम्बन गरिएको छ । पत्रकारमाथि अमानवीय व्यवहार गर्ने प्रहरीलाई कडा कारबाही गरिने उत्तरप्रदेशका डीजीपी ओपी सिंहले बताएका छन् ।

Loading...

LEAVE A REPLY