पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

हाम्रो देशका कोही व्यक्ति करोडौ पैसा विलासि वस्तुमा भस्म गराईरहेका छन् भने कोही आँफ्नो भविष्य सँगसँगै दिन गुजराको छटपटि र सास मात्र सजिलो सँग फेर्ने कलकलाउँदो सपनामा परिवार र सन्तानसंग रमाइरहेका छन । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले गिट्टी कुट्न बाध्य भएकी छीन् ।

उनले भनिन्, ‘रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेको हो ।’ गिट्टी कुटेर आफूले कमाएको रकमबाट भाइ, बहिनीकोे पढाइ खर्चसमेत धान्ने गरेको उनी बताउँछिन् ।त्यस्तै सोही ठाउँकी सुनिता बस्नेतले पनि पढाइ खर्च जुटाउनका लागि गिट्टी नै कुट्ने गरेकी छन् । उनले गिट्टी कुटेर प्रतिबोरा रु १२० कमाउने गरेकी छन् । दैनिक चार बोराभन्दा बढी गिट्टी कुट्ने गरेको बताउँदै उनले त्यसबाट प्राप्त भएको आम्दानीले कापी, कलम र अन्य व्यक्तिगत खर्च गर्ने गरेको बताइन् ।

विपन्नताको कहालीलाग्दो अवस्थामा बाँचिरहेका बालबालिकाले आफ्नो पढाइ खर्च जुटाउन विद्यालयको पढाइ छोडेर गिट्टी कुट्ने गरेका छन् । पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम र विद्यालय पोशाकका लागि उनीहरु मजदूरी गर्न बाध्य भएको बालबालिकाले बताएका छन् । गरिबिको मारमा परेर हाम्रो देशमा ति कलिला कयौ बालबालिकाले विद्यालय के हो अझै देखेका छैनन् ।

Loading...

LEAVE A REPLY