राजधानीमा पाँच प्रकारका यौनकर्मी सक्रिय, तीनको मासिक कमाई कति ?

रत्नपार्क,नयाँ बसपार्कको पुलमा र काठमाडौँको ठमेल जस्ता ठाउँमा यौन व्यवसायीहरु धेरै नै भेटिने गरेको पाइएको छ । साथै खुलेम यौनधन्दा पनि । यौन व्यवसायीका ग्राहक पनि फरक–फरक हुने गरेका छन् । त्यस्ता ठाउँमा पैदल यात्रीदेखि कारसम्म चढ्ने खालका यौनक्रर्मी यौनधन्दा गराउछन् ।

राजधानीका आकाशेपुल देखि तारे होटलमा यो व्यवसाय अतयाधीक मौलाएको छ । पहिलो श्रेणीका यौनकर्मी महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देख्न सक्छौँ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुने गर्दछ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा व्यवसाय गर्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ । तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । कसैले यो भन्दा बढी पनि कमाउछन् ।

चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् । उनिहरु त्यही व्यवसायबाट आफ्ना सबैजसो आवश्यकता पूर्ति
गर्ने कमाई मात्र कमाउछन् । धेरै हुदैन तर घरव्यवहार चलाउन पुग्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्केका हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी भएका हुन्छन् ।

पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौन सम्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । नेपालमा असुरक्षित यौन सम्पर्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ ।

LEAVE A REPLY