युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर २३ जना प्रहरीको फन्दामा

एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेको पाइएको छ । घटना भारतको राजधानी नयाँदिल्लीको हो । दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको थियो । शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट रंगेहात समातेपछि यस्तो रहस्य बाहिरिएको हो ।

पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी अवस्थामा थिए, त्यही क्रममा प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए ।

परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताएका छन् ।

LEAVE A REPLY