नगद अभाव हुन थालेपछि केन्द्रीय बैंकले आजै १० अर्ब बजारमा पठाउँदै

नगद अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले बुधबार ७ दिनमा परिपक्व हुने गरी १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

आज ३ बजे बोलकबोल हुने यो रिपो असार ४ गते परिपक्क हुनेछ । केन्द्रीय बैंकका अनुसार ५ वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्द गरिनेछ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

LEAVE A REPLY