प्रधानमन्त्री केपी शर्मा ओली : सरकारले आवश्यकताका आधारमा वैदेशिक ऋण

बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउँदै ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट पारिदिएका छन् ।

नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा प्रधानमन्त्रीले भने हमाी लगानीका लागि आमन्त्रण गर्छौँ साथै हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ। हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ। हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।

Loading...

LEAVE A REPLY