लोकसेवा विज्ञापन :- खुलेको १३ दिनमै ८३ हजारले दिए आवेदन

एकातिर लोकसेवा आयोगको विज्ञापन रद्ध गर्ने निर्देशन दिइसकेको छ । तर परीक्षाको तयारी गरिरहेकाहरुले भने दिन प्रतिदिन फाराम भरिरहेका छन् । अयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग्दै विज्ञापन खोलेको थियो । यो बीचमा ८२ हजार पाँच सयले आवेदन दिइसकेको आयोगका प्रवक्ता किरणराज रेग्मीले जनाए । आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि अनलाइनबाट आवेदन दिनेको संख्या बढिरहेको छ ।

आयोगले ३ असारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।आवेदन गर्न अझैं एक साता समय बाँकी छ ।
आयोगले विज्ञापन खुलाउँदा ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशी बनाउनुपर्ने संवैधानिक व्यवस्था छ। जसअनुसार, नौ हजार १ सय ६१ संख्यामध्ये समावेशीका लागि त्यसको ४५ प्रतिशत अर्थात ४ हजार १ सय २२ पद हुनुपर्ने थियो। तर आयोगले दुई हजार दुई सय ६२ मात्रै समावेशीका लागि छुट्याएको भएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले विरोध गर्दै आएका छन्।

आयोगले खुलाएको विज्ञापनमा महिलालाई मात्रै समावेशी संख्या पुगेको छ। आदिवासी जनजाति, मधेसी, अपांगता भएका, दलित, पिछडिएको क्षेत्रले पाउनुपर्ने संख्या अनुसार विज्ञापन नखुलाइएको भन्दै विरोध भइरहँदा राज्यव्यवस्था समितिले लोकसेवा विज्ञापन नै रद्ध गर्ने निर्देशन दिएको छ ।

LEAVE A REPLY