एसइई परीक्षाको नतिजा असार तेस्रो हप्ता

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यस वर्षको असारको तेस्रो हप्ता मात्रै आउने भएको छ।

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो। राष्टिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए। ‘प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि हामीलाई ८ १० दिन ढिला भयो,’ उनले भने ।

Loading...

LEAVE A REPLY