लोकसेवा विज्ञापन रद्ध गर्ने निर्देशन विरुद्ध उत्रिए हजारौं युवा सडकमा,शशि श्रेष्ठ र जनार्दन शर्माविरुद्ध चर्काे नाराबाजी

Sharing is caring!

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशनकोविरुद्ध युवाहरुले सडक संघर्ष शुरु गरेका छन् । संविधानविपरित भएको भन्दै राज्यव्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी सडकमा उत्रिएका हुन्। माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरे।

लोकसेवा तयारी गरिरहेका हजारौंका संख्याका युवाहरु एकाबिहानै माइतीघरमा जम्मा भएर राज्यव्यवस्था समितिको उक्त निर्देशनको विरुद्धमा नाराबाजी समेत गरेका छन् । उनीहरुले करार भर्ना बन्द गर, लोकसेवा हस्तक्षेप बन्द गर, मेरिड सिस्टम लागु गर ,राज्य व्यवस्था समिति मुर्दावादजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेको थियो । प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरु सहभागिता छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको आरोप लगाएका छन् ।लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा ओर्लिएका छन्।

जुलुसमा सहभागी सयौँ युवाहरुले लोक सेवाको विज्ञापन रोक्ने पक्षमा उभिएका नेकपाका सांसद जनार्दन शर्माविरद्ध पनि चर्का नारा लगाए । राज्य व्यवस्था जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारीका लागि लोकसेवाले खुलाएको विज्ञापन खोलेको थियो । सात महिना पछाडि खोलेको उक्त विज्ञापन समेत समावेशी नभएको बाहनामा रोक्न खोजिए पछि लोकसेवा तयारी गरिरहेका लाखौंका संख्याका युवाहरु आक्रोशित भएका छन् ।

Sharing is caring!

LEAVE A REPLY