कति प्रतिशत ले बढ्दै छन त लागुऔषध प्रयोगकर्ता ?

हाम्रो देश नेपालमा अहिलेको एक तथ्याङक अनुसार बर्सेनि ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएको छ । अहिले देशभर झण्डै १ लाख ५६ हजार जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको अनुमान रहेको मन्त्रालयका लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले बताउनुभएको छ । तर २०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक पत्ता लगाउन सकिएको थिएन ।

गृह मन्त्रालयका अनुसार लागुऔषध दुर्व्यसनीमध्ये ५७ प्रतिशतले सुईका माध्यमबाट प्रयोग गर्ने गरेका छन् । २०६३ सालमा गरिएको सर्वेक्षणमा ४६ जना लागुऔषध प्रयोगकर्ता रहेकोमा २०६९ मा ९१ हजार ५ पुगेको तथ्याङक छ । पाँच छ वर्षमा अध्ययन प्रतिवेदन सार्वजनिक हुनुपर्ने भए पनि हुन नसकेको र मन्त्रालयले यसै वर्ष प्रतिवेदन सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिले तथ्याङक संकलनको काम भैरहेको छ । लागुऔषध र यसका प्रयोगकर्ताको अवस्था, सरोकारवाला निकायको नियमन र अनुगमनका काम प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै उहाँले मन्त्रालयले तयारीसमेत गरिरहेको बताउनुभएको छ ।

LEAVE A REPLY