नेपाल टेलिकमको नयाँ अफर

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कल सेवा विस्तारसँगै नयाँ योजना ल्याएको छ । उक्त सिमबाट ३ रुपैयाँ ३ पैसामा चीनमा कल गर्न सकिने भएको छ।

अन्तर्राष्ट्रिय कल सेवा विस्तारसँगै टेलिकमले नयाँ योजना ल्याएको हो। यो अफरअन्तर्गत कल गर्दा अन्य समयको भन्दा २०.८९ प्रतिशत कम शुल्क लाग्छ।

टेलिकमले जारी गरेको विज्ञप्तिमा यो अफरले चीन र नेपालबीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्‍याउनुका साथै द्विपक्षीय भ्वाइस कल सेवा सहज गराउने जनाएको छ। केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिनेछ।

८१४१५८७३ मा डायल गरी प्राप्त गर्न सकिने योजनाका लागि क्रमशः डीचाइना, डब्लु चाइना एमचाइनाडिफ टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्ने कम्पनीले जनाएको छ।

LEAVE A REPLY