सरकारी छाप किर्ते गरी ३३ लाखमा नक्कली जग्गा बिक्री

Sharing is caring!

भक्तपुरको साविक सिपाडोल गाविस–९ हाल सुर्यविनायक नगरपालिका–८ का भुवनेश्वर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले सरकारी छाप, दस्तखत किर्ते गरेको आरोपमा ३ वर्ष ६ महिना कैद र ६ लाख ६० हजार ५० रुपैयाँ जरिवाना सजाय हुने ठहर गरेको थियो। प्रहरीले उनलाई यही जेठ २४ गते ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो।।

वास्तविक जग्गा भन्दा राम्रो अर्कै ठाँऊको जग्गा देखाई, गाविस कार्यालयको नक्कली सिफारिस–पत्र समेत बनाई झुक्याएर बिष्णुमाया कार्किलाई २०६६ वैशाख ७ गते ३३ लाख रुपैयाँमा बिक्री गरी रकम ठगी गरेका थिए।

Sharing is caring!

Loading...

LEAVE A REPLY