राम सागर रामस्वरुप बहुमुखी क्याम्पस धराशायी बन्दै

पछिल्लो समय शैक्षिकस्तर खस्कँदै गएपछि राम सागर रामस्वरुप बहुमुखी क्याम्पस धराशायी हुने अवस्थामा पुगेको छ।

केही वर्ष अगाडिसम्म १५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने यस क्याम्पसमा अहिले आएर मुश्किलले २ हजार विद्यार्थी अध्ययनरत छन्।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये विं सं.२०१६ सालमा स्थापित शैक्षिक दृष्टिले प्रथम स्थान ओगट्न सफल राराव क्याम्पस वि.सं. २०६० सालसम्म ‘क’ वर्गमा सूचीकृत थियो। तर अहिले यो क्याम्पसको स्तर ग वर्गमा झरिसकेको छ।

मैथिली केन्द्रीय विभाग राराव क्याम्पस हाताभित्रै छ। विभागमा कर्मचारीहरू समयमा आउँदैनन् भने प्राध्यापकहरू कहिलेकाहीँ मात्रै क्याम्पस पुग्ने गर्छन्।

अधिकांश शिक्षकहरू घरमा बसेर तलब खाने गरेका छन्। एक जना कर्मचारीका अनुसार उनीहरू मन लागेको समयमा आउने र जाने गरेका छन्। शिक्षकमात्र होइन विभागका कर्मचारीको हाल पनि त्यस्तै छ। उनीहरू पनि मन लागेको बेला आउने र हाजिर गरेर घर फर्किने गरेका छन्। कर्मचारीहरू १२ बजेसम्म कार्यालयमा नआउने गरेकाले पठनपाठन प्रभावित बन्दै गइरहेको छ।

Loading...

LEAVE A REPLY