जेल नै धमाधम बन्द हुन थाले


नेदरल्याण्डमा कैदीबन्दी नभएका कारण नै जेल बन्द हुने अवस्थामा पुगेका छन् ।

अधिकारीहरुका अनुसार नेदरल्याण्ड सरकारले गएको वर्ष ९ वटा जेल बन्द गरेको छ । कैन्दीहरु नभएपछि जेल बन्द गर्नु पर्ने अवस्था आएको बताइएको छ । सन् २०१८ मा थप पाँचवटा जेल बन्द भएको छ ।

सन् २०१८ मा सार्वजनिक एक रिपोर्ट अनुसार प्रत्येक वर्ष एक हजारमा सरदरमा ४९ वटा अपराधका घटनाहरु दर्ता भएका थिए । यसका कारण पनि तीनभाग जेलहरु खाली रहेका छन् ।

अधिकारीहरुका अनुसार कहिलेकाँही परिवारसँग बस्नु, काममा व्यस्त रहनुले पनि अपराधमा कमी आएको छ ।

उनीहरुका अनुसार नेदरल्याण्डमा सानो समयमा लागि जेल सजाय हुने गर्छ र अपराधका घटनाहरु पनि खासै उल्लेख्यमात्रामा हुँदैनन् जसकारण जेलहरु खाली भएका छन् ।

सन् २००४ यता नेदरल्याण्डमा क्रमश आपराधिक क्रियाकलापमा कमी आएको छ । युरोपको सुरक्षित देशमा नेदरल्याण्ड पनि रहेको छ ।

जेलमा रहेका कैदीबन्दीलाई सरकारले नै रोजगार उपलब्ध गराउने व्यवस्था भएका कारण पनि कतिले नेदरल्याण्डको व्यवस्थाको तारिफ गर्दै आइरहेका छन्

Loading...

LEAVE A REPLY