बिहेको भोज खाएपछि सिन्धुपाल्चोकमा झाडापखालाको महामारी

शुक्रबार बिहेको भोज खाँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ बिञ्जेलका एकै गाउँको करिब ४० जनाभन्दा बढी बिरामी परेका छन्।
उनीहरू स्थानीय गोपी भूजेलको छोरीको विवाहको भोज खाए फर्केका थिए। बिहेभोज खाएर फर्केकाहरूमा झाडापखालाको महामारीको रुपमा फैलिएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए।

बिरामीहरूको सिन्धु सदाबहार अस्पताल खाडिचौर र खाडिचौरका मेलकलमा उपचार भइरहको उनले बताए। सिंगो गाउँमा नै झाडापखाला फैलिएपछि केहि गम्भीर बिरामी बिमला कार्की, संगिता भूजेल, शर्मिला भूजेल लगायतलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। फुड पाइजन र दुषित पानीको कारणले महामारी फैलिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्। अन्यन्त्र महामारी फैलन नदिन स्वास्थ्यकर्मीको टोलीले घटनास्थल गएर उपचार गर्ने क्रम जारी रहेको अध्यक्ष क्षेत्रीले जनाए।

झाडापखलाका कारण बिरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट बिरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिए ।

Loading...

LEAVE A REPLY