प्रकाश सपूतलाई आईजीपीको फोन !

dxflg/LIfs vgfn kqsf/;Fu k|x/L dxflg/LIfs ;j{]Gb| vgfn laxLaf/ e/tk'/df kqsf/;Fu s'/f ug{'x'Fb} . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

आईजीपी खनालले ‘गल्बन्दी’ जस्तो मौलिक गीत पस्किएको भन्दै गायक प्रकाश सपूतलाई धन्यवाद दिएका छन् ।

प्रकाश सपूतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दि” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगीत र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आबद्ध नेपाल भित्र र विश्वभरिबाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यवाद भन्दै लामो लामो म्यासेज गर्नुभएको छ । हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गित पस्कनु भएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ।’

उनले उक्त गीतले लोकदोहोरी मन नपराउनेहरुको समेत मन जितेको तथा यता रुचि बढेको उनको दाबी गरेका छन् । उनले लोकदोही मन पराउनु आफ्नो व्यक्तिगत बोलमाया र गल्बन्दी टीमका लागि मात्रै नभइ लोक संगीतकर्मीका लागि पनि सुखद् भएको बताएका छन् । गायक प्रकाशको ‘दोहोरी ब्याटल–२’ पनि हिट भयो । अहिले ‘गल्बन्दी’ ले उनलाई नसोचेको सफलता दिलाएको छ ।

LEAVE A REPLY